|

काठमाडौं : दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अमजद हुसेन बी सियालले सोमबार काठमाडौंमा भएको युएस बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन्।

महासचिवले सार्क सचिवालयका तर्फबाट नेपाल र बंगलादेशका परराष्ट्र सचिवलाई मंगलबार बेग्लाबेग्लै समवेदना सन्देश पठाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको युएस बंगला विमान सोमबार अपराह्न अवतरणका क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।

उक्त दुर्घटनामा नेपाली र बंगलादेशी नागरिक गरी ५१ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.