|

संखुवासभा : जिल्लाको मकालु गाउँपालिका-५ नुम बजारमा रोकेर राखिएको ट्रकभित्र चालक मृत अवस्‍थामा फेला परेका छन्। अरुण तेस्रो जलबिद्युत् आयोजनाको सामान लिएर भारतबाट मकालु गाउँपालिकाको फ्यासिन्दा दोभान जाँदै गरेको पस्चिम बंगालको ७६-७१४४ नम्बर  भएको यलपी ट्रकका चालक उमाकान्त सिंह मृत अवस्थामा भेटिएका हुन्।
खाना खाएर आफ्नै ट्रकभित्र सुतेका चालक सिंह सोमबार दिउँसो ३ बजेसम्म पनि नउठेपछि प्रहरीले ट्रकको ढोका खोलेर हेर्दा मृत अवस्थामा प्रहरीले फेला पारेको संखुवासभाका डिएसपी सन्तोश खड्काले बताए। चालक सिंहको मृत्युको जानकारी भारतीय दुतावासलाई गराइसकिएको  र चाँडै मृतकका आफन्तको जिम्मा लगाइने डिएसपी खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.