मतभार अन्तरको गणना गरिँदै

|

काठमाडौं : राष्ट्रपति निर्वाचनको मतगणना सकिएको छ। अहिले राष्ट्रपति पदका उम्मेदवारले पाएको मतभार गणना भइरहेको बताइएको छ। 

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा अपरान्ह ४ बजेबाट मतगणना भइरहेको छ।

दिउँसो ३ बजेसम्म राष्ट्रपति निर्वाचनमा ८६२ जनाले मतदान गरेका थिए। संघको २५ हजार ७५४ र प्रदेशको ३० हजार ७२८ मतभार खसेको छ। जम्मा ५१ हजार ४८२ मतभार खसेको छ। 

निर्वाचनमा वामगठबन्धनका तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका तर्फबाट कुमारी लक्ष्मी राई उम्मेदवार रहेका छन्। राष्ट्रपतिमा भण्डारीले जित्ने निश्चित देखिएको छ।

केहीबेरमा मतगणनाको अन्तिम परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

पढ्नुहोस् :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.