|

संखुवासभा : संखुवासभा जिल्लामा लामो समयदेखि इलोक्ट्रिोनिक सामान चोरी गर्ने तीन जनालाई खाँदबारीमा पक्राउ गरिएको छ। खाँदबारी नगरपालिका- ७ मा रहेको मंगलादेवी माध्यमिक विद्यालय प्रशासनले ल्यापटप चोरी गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले चोरी गर्ने तीन जनालाई पक्राउ गरेको हो। 

मंगलादेवी माध्यमिक विद्यालयका तीनवटा ल्यापटप, एक थान वाइफाई राउटर र दुई थान मोवाइल सेटसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। गत फागुन १ गते रातको समयमा विद्यालयको ढोका फोरेर उनीहरूले तीन थान ल्याप्टप र राउटर चोरी गरेका थिए।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका- ७ का १९ वर्षका विकास भनेर चिनिने पूर्णकुमार श्रेष्ठ, मकालु गाउँपालिका- ३ का १७ वर्षका अरुणकुमार राई र सिलिचोङ गाउँपालिका- ४ का १७ वर्षका अर्जुन राई छन्। उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले बताए। 

बरामद गरिएका ल्यापटप र राउटर सोही विद्यालयलाई र मोवाइल सम्बन्धित व्यक्तिलाई दिइने मंगलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराइयो। चाेरीमा संलग्न तीनै जनालाई चोरी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  
 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.