|

काठमाडौं : राष्ट्रपतिमा विद्यादेवी भण्डारी विजयी भएकी छन्। 

मंगलबार भएको राष्ट्रपति निर्वाचनमा विजयी भण्डारीको पक्षमा संघीय संसदको १९ हजार ३५५ मतभार परेको थियो। त्यस्तै उनको पक्षमा प्रदेशबाट १९ हजार ९२० मतभार परेको थियो।  समग्रमा भण्डारीलाई ३९ हजार २७५ मतभार प्राप्त भयो र राष्ट्रपतिमा निर्वाचित भइन्। उनी निर्वाचित भएको राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत तिलप्रसाद श्रेष्ठले घोषणा गरेका हुन्।

भण्डारीकी प्रतिस्पर्धी नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बनेकी कुमारी लक्ष्मी राईको पक्षमा  संघीय संसदको  ६ हजार १६२ मतभार परेको थियो भने प्रदेशबाट ५ हजार ५६८ मतभार पर्‍यो। उनको पक्षमा कूल ११ हजर ७३० मतभार परेको थियो।

श्रेष्ठले राष्ट्रपति निर्वाचनको मतपरिणाम आजै निर्वाचन आयोगलाई बुझाउने जानकारी दिए।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा अपरान्ह ४ बजेबाट मतगणना सुरु भएर डेढ घण्टाभित्र नै मतपरिणाम आएको हो।

पढ्नुहोस् :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.