|

काठमाडौं : ‘युवी फिल्म्स ग्यालरी’को ब्यानरमा नयाँ फिल्म ‘भीमसेन’ निर्माण हुने भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यस फिल्मको शुभमुहूर्त गरिएको हो। कला राई निर्माता रहेको यस फिल्मलाई भोमन कटुवालले निर्देशन गर्नेछन्। युवी ब्यानरको यो तेस्रो प्रोजेक्ट हो।

कमेडी, लभ र एक्सनप्रधान ‘भीमसेन’मा संगीत बानियाँ, कोनिका घिमिरे, यादव देवकोटा 'सरापे', राजु कमेडी 'रेम्बो', राजन महर्जनलगायतको अभिनय रहनेछ। फिल्मका अधिकांश कलाकार नयाँ छन्। 

काठमाडौं आसपासमा छायांकन हुने यस फिल्ममा राजन ढुंगेलको कथा, पुष्कर सुनुवारको संगीत, राजु किराती राईको द्वन्द्व निर्देशन, पवन गौतमको छायांकन र अनिल महर्जनको सम्पादन रहनेछ। फिल्मको अनुमानित निर्माण लागत ५० लाख रुपैयामाथि रहने निर्माण टिमले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.