|

काठमाडौं : सोमबार भएको युएस बांग्ला एयरवेजको जहाज दुर्घटनामा ज्यान गुमाएका ४९ जनामध्ये ११ जनाको मात्र पोस्टमार्टम भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. प्रमोद श्रेष्ठले मंगलबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार ४९ मध्ये कसैको पनि सनाखत हुन सकेको छैन।

डा. श्रेष्ठले सबै शवहरूको पोस्टमार्टम भइसकेपछि मात्र सम्बन्धित आफन्तलाई शव बुझाइने बताए। अहिले दुई टिमले पोस्टमार्टम गरिरहेका छन् भने दुई टिमले मृतकहरूका बारेमा विस्तृत तथ्यांक र विवरण खोजिरहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.