समाज : सुरक्षा/अपराध

वृद्धा र किशोरी बलात्कारका दुई अभियुक्त सार्वजनिक
SHARES

फागुन २९, २०७४

    डडेल्धुरा : डडेल्धुराका छुट्टाछुट्टै स्थानमा एक वृद्धा र एक किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

    मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गरी ६२ वर्षकी एकल वृद्धा र १८ वर्षकी किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई युवालाई पक्राउ गरी सार्वजनिक गरेको हो। 

    फागुन २६ गते राती १० बजेको समयमा जिल्लाको गन्यापधुरा– २ का ३२ वर्षका केशव लुहारले सोही ठाउँकी ६२ वर्षकी वृद्धालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। लुहारले राती सुतिरहेको अवस्थामा मदिरा सेवन गरी धम्क्याएर वृद्धालाई उनकै घरमा गएर बलात्कार गरेको पत्ररकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक जोशीले जानकारी गराए। 

    यस्तै, प्रहरीले बैतडीको पुरचौँडी नगरपालिका– २ घर भई हाल कंचनपुरको शुक्लाफाँटा नगरपालिका– ११ बस्ने २५ वर्षका नरेन्द्रबहादुर कुवँरलाई पनि बलात्कारको आरोपमा पक्राउ गरी सार्वजनिक गरेको छ। 

    कुवँरले कंचनपुरको दैजीबाट बझाङको गाडीमा चढाइदिन्छु भनी ना७ख १५९० नम्बरको गाडीमा राखी डडेल्धुराको जोगबुढा पु¥याई जोगबुढास्थित एक होटलमा राखी १८ वर्षकी किशोरीलाई बलात्कार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। राती १० बजेको समयमा किशोरीको इच्छाविपरीत जबर्जस्ती करणी गरेकाले कुवँरमाथि आवश्यक कारवाही भइरहेको डिएसपी जोशीले बताए।

प्रकाश पार्की

प्रकाश पार्की थाहाखबरका डडेल्धुरा संवाददाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]