|

सुनसरी : एक सातायता पूर्वमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो धार्मिक भ्रमणलाई तीब्रता दिएका छन्। एक साताअघि झापा पुगेका पूर्व राजा शाहले एकै दिन मंगलबार पूर्वका तीन जिल्लाका विभिन्न धार्मिक तीर्थस्थल पुगी पूजाआजा गरेका छन्। 

मंगलबार दिनभरजसो विभिन्न कार्यक्रममा सहभागी भएका पूर्व राजा शाहले कुनै पनि प्रतिक्रिया जनाएनन्। बिहान झापाबाट मन्दिर दर्शनका लागि निस्केका शाह मोरङका विभिन्न स्थानमा रहेका मन्दिरहरूमा पूजाआजा गर्दै सुनसरीको रामधुनी मन्दिर पुगेका थिए। झापाबाट मोरङको बेलबारी, उर्लाबारी हुँदै सुनसरी प्रवेश गरेका शाह इटहरी र झुम्कामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुँदै विभिन्न मठ मन्दिर पुगेर पूजाआजामा सरिक भए।

सुनसररीको रामधुनी नगरपालिकाको सडक किनारमा उभिएका समर्थकहरूको स्वागत ग्रहण गर्दै पूर्व राजा ज्ञानेन्द्र सुनसरीको रामधुनी मन्दिर पुगेका थिए। ऐतिहासिक महत्त्वको रामधुनी मन्दिर प्राचीनकालमा श्रीरामले धुनी बालेर बास बसेको क्षेत्रका रूपमा लिइन्छ। मंगलबार अपराह्न धुनी पुगेका शाहले राम मन्दिरमा पुगेर पूजा गरेर टीका-प्रसाद ग्रहण गरेका थिए। 

पूर्व राजा आउने भएकाले स्वागतका लागि उनका समर्थक तथा शुभेच्छुकहरूले बाजागाजासहित स्वागत गर्दै जयजयकार गरेका थिए। ज्ञानेन्द्र सामु बाबा बनखण्डी मन्दिर गुठी संस्थानले मन्दिर पूर्वाधार अवस्था र निर्माण आवश्यकतासहितको ध्यानाकर्षण पत्रसमेत बुझाएको छ। पूर्व राजा शाहले सुनसरीको प्रकाशपुर, महेन्द्रनगर र इनरुवा क्षेत्रमा शुभेच्छुकहरूलाई पैदल हिँडेरै भेटर सम्मान ग्रहण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.