|

अमेरिकाको जासुसी संस्था सिआइएको प्रमुखमा राष्ट्रपति डोनाल्ड ट्रम्पले जिना हास्पेललाई नियुक्त गर्ने भएका छन्।

ट्रम्पले ट्विटमार्फत भनेका छन् कि जिना हास्पेल अमेरिकाकी पहिलो महिला सिआइए प्रमुख हुनेछन्।

यससँगै राष्ट्रपति ट्रम्पले विदेशमन्त्री रेक्स टिलरसनलाई पनि बर्खास्त गरिदिएका छन्। टिलरसन विश्वको ठूलो तेल कम्पनीमध्ये एक एक्सन मोबिलका मुख्य कार्यकारी अधिकारी भइसकेका छन्।

टिलरसनका ठाउँमा अर्थात् विदेशमन्त्रीमा ट्रम्पले सिआइएका निर्देशक माइक पाम्पियोलाई नियुक्त गर्ने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.