राजनीति

'न्यायाधीश चोलेन्द्रको गतिविधिले न्यायालयको शिर निहुरियो'
SHARES

फागुन २९, २०७४

    काठमाडौं : सर्वोच्च अदालतमा कार्यरत कर्मचारीहरूको संगठनले न्यायाधीश चोलेन्द्रशमशेर जबराका गतिविधिले सर्वोच्च अदालतको शिर निहुरिएको भन्दै विज्ञप्ति जारी गरेका छन्।

    आधिकारlक ट्रेड युनियन सर्वोच्च अदालत विभागीय कार्यसमितिका तर्फबाट मंगलबार जारी गरिएको विज्ञप्तिमा अदालतको सम्बन्धमा भइरहेका विभिन्न टिप्पणी र सोहीअनुसार न्यायाधीशले बेन्च बहिष्कार गर्नुले न्यायालयको शिर निहुरिएको उल्लेख छ।

    'विगत केही समयदेखि विभिन्न पत्रपत्रिकामा आइरहेका न्यायपालिका एवं न्यायाधीशहरूको सम्बन्धमा शृंखलावद्ध समाचार, सर्वोच्च अदालतका नेतृत्व एवं न्यायाधीशहरूबीचमा विभाजन र गुटबन्दी तथा बेन्च बहिस्कारसम्बन्धी घटनाका सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ', विज्ञप्तिमा अगाडि लेखिएको छ, 'अदालती काम कारवाहीमा चित्त नबुझे संविधान र कानुनले तोकेको विधि र प्रक्रिया अपनाउने बाटो हुँदाहुँदै जनताको अन्तिम आस्थाको केन्द्र स्वतन्त्र एवं निष्पक्ष न्यायपालिकाको सम्बन्धमा जनआस्था खस्किनेगरी न्यायालयभित्र र बाहिरबाट भइरहेका यस्ता विवादित र विभाजित कार्यहरूले न्यायका उपभोक्ताको समयमा न्याय पाउने अधिकार कुन्ठित हुन गई हामी समग्र जनशक्तिको समेत शिर निहुरिएको छ।'

    सोमबार डा. गोविन्द केसी र कान्तिपुर पब्लिकेसन्सका प्रवन्ध निर्देशक कैलाश सिरोहियासमेत विरुद्धको अलग अलग अदालतको अवहेलनाको मुद्दाको वृहत पूर्ण इजलाश स्थगित भए पनि न्यायाधीश जबराले प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अभिव्यक्ति दिएका थिए।

    जबराको उक्त कार्यको कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले सोमबार नै एक विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको थियो। जबराले न्यायमूर्तिको आचारसंहिताविपरीत काम गरेको र सर्वोच्चमा गलत प्रक्रिया र पद्धतिको सुरुवात भएको भन्दै बारले त्यसको भर्त्सनासमेत गरेको थियो। मंगलबार भने नेपाल राष्ट्रिय कर्मचारी संघका अध्यक्ष हरि भट्टराई र उपाध्यक्ष दलबहादुर बजिमय, नेपाल निजामती युनियन संघ, सर्वोच्च अदालतका अध्यक्ष प्रभाकरकुमार मल्लिक र नेपाल निजामती कर्मचारी संगठन, सर्वोच्च अदालतका अध्यक्ष घनराज पोखरेललगायतले विज्ञप्ति जारी गरेका हुन्।

    सर्वोच्च अदालतको आन्तरिक विवाद तत्काल फुलकोर्टबाट अविलम्ब समाधान गर्ने कर्मचारीहरूले ध्यानाकर्षण गराएका छन्। उनीहरूले त्यसो नगरिए 'विवादित एवं बेच्न बहिस्कार गर्ने न्यायाधीशहरूको राजीनामा मागसहितका अन्य आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउन बाध्य हुनेछौँ' भनेका छन्।

    यो पनि :

    हेर्नुहोस् विज्ञप्ति:

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]