कसरी पूरा गर्ने दिगो विकासका लक्ष्य?

|

काठमाडौं : पछिल्लो दुई दशकमा नेपालको आर्थिक विकास दक्षिण एसियामै कमजोर भएको देखिएको छ। नेपालको बहुराष्ट्रिय दातृ निकाय विश्‍व बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल दक्षिण एसियाकै कमजोर देखिएको हो।

विश्व बैंकले मंगलबार सार्वजनिक गरेको 'नेपाल सिस्टमेटिक कन्ट्री डायग्नोस्टिक' (एससिडी)प्रतिवेदनअनुसार नेपालको अवस्था दक्षिण एसियाली राष्ट्रहरूको औसत वृद्धिदरको तुलनामा सबैभन्दा कम छ। यसअनुसार पछिल्लो २० वर्षमा नेपालको औसत आर्थिक वृद्धिदर चार प्रतिशतमा सीमित छ।

नेपालको आर्थिक विकास कम हुनुको कारण यसबीचमा भएको राजनीतिक अस्थिरता र कृषि भूमिको उपयोग नभएको प्रतिवेदनले देखाएको छ। 'लामो समयदेखिको अस्थिर राजनीति, कृषि उत्पादनमा कमीका साथै सार्वजनिक खर्चमा कमजोर क्षमता भएका कारण आर्थिक विकास न्यून देखिन्छ', प्रतिवेदनमा भनिएको छ।

६७ प्रतिशत रोजगारी सृजना गरेको कृषि क्षेत्रले एक तिहाई पनि मूल्य अभिवृद्धि हुन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ। एससिडी प्रतिवेदनअनुसार नेपालले पछिल्लो २० वर्षको अवधिमा गरिवी निवारण र अन्य सामाजिक क्षेत्रमा भने उत्साहजानक सुधार गरेको छ। त्यस्तै, सञ्चार, शिक्षा, घरजग्गा जस्ता क्षेत्रको विकास तीव्र गतिमा भएको उल्लेख गरिएको छ।

अब सुधारको बाटोमा

नेपाल अब भने सुधारको बाटोमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। संघीय संरचनामा प्रवेश र राजनीतिक व्यवस्थामा भएको समावेशीकरणले नेपालको विकासमा सहयोग पुग्ने जनाइएको छ। तर संघीतामा गएसँगै दिगो विकासको लक्ष्य कार्यान्यवन गर्न नयाँ रणनीतिको आवश्यकता रहेको विश्‍व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

अर्थसचिव शंकरप्रसाद अधिकारीले वैदेशिक रोजगारी नेपालको अल्पकालीन रणनीति भएको तथा विप्रेषणको अधिकतम उपयोग गरिबी निवारण तथा रोजगारी सृजना गर्ने नेपालको दीर्घकालीन रणनीति रहेको बताए।

कसरी पूरा गर्ने दिगो विकासका लक्ष्य?

बैंकले दिगो विकासको लक्ष्य पूरा गर्नका लागि छवटा विषयमालाई विशेष प्राथमिकतामा राखेको छ। बैंकले प्राथमिकीकरण गरेका छवटा रणनीतिले मात्र नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न सक्ने उल्लेख गरिएको छ।

यस्ता छन् ६ रणनीति :

१.  समावेसितालाई प्रोत्साहन

२.  निजी लगानी तथा रोजगारी सृजना

३.  प्राकृतिक स्रोतको विवेकपूर्ण उपयोग

४.  स्थानीय लगानी तथा मानवीय पुँजीको प्रयोग

५. प्राकृतिक प्रकोप तथा स्वास्थ्यमा सुधार

६.  रेमिट्यान्समा विस्तार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.