|

काठमाडौं : कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबरा अदृश्य गुटबाट चलेको आरोप लगाएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै बारले डा. गोविन्द केसी र कान्तिपुर पब्लिकेसन्सका प्रवन्ध निर्देशक कैलाश सिरोहियालगायत पाँच जनाविरुद्धको अलग अलग अदालतको अवहेलना मुद्दाको वृहत पूर्ण इजलाश स्थगित भए पनि सोमबार न्यायाधीश जबराले प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध दिएको अभिव्यक्तिले उनी कुनै मुक-अमुक गुटबाट सुनियोजित किसिमले परिचालित भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा लेखिएको छ, 'यसै सन्दर्भमा मिति २०७४/११/२८ का दिन वृहत पूर्ण इजलाशमा माननीय न्यायाधीश श्री चोलेन्द्रशम्शेर जबराज्यूबाट भएको आदेश न्यायिक परम्पराविपरीत भएको यस बारको ठम्याइ छ।'

'कुनै मुक-अमुक गुटबाट प्रेरित भई सुनियोजित तवरले न्यायपालिकाको स्वतन्त्रता र गरिमामाथि आँच पुर्‍याउने उद्देश्यले कुनै व्यक्ति, संस्था उत्प्रेरित हुन नहुने र न्यायपालिकाको स्वतन्त्रता र गरिमा अक्षुण्ण राख्ने कार्यमा सहयोग गर्न सम्बन्धित सबै सरोकारवालाहरूलाई यस बार आह्वान गर्दछ।'

बारले प्रेस स्वतन्त्रता निरपेक्ष हुन नसक्ने पनि उल्लेख गरेको छ।

हेर्नुहोस् विज्ञप्ति :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.