समाज

अटो दुर्घटनामा परी चालकको मृत्यु
SHARES

फागुन २९, २०७४

    कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका- १५ गोवरिया बस्ने ४७ वर्षका दिपु खुनाको अटो दुर्घटनामा परी मृत्यु भएको छ। मंगलबार महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जाँदै गरेको अटो भीमदत्त नगरपालिका- ६ वनगाउँ चौराह नजिक पल्टिँदा चालक खुनाको मृत्य भएको हो। 

    अटो बिजुलीको पोलमा ठोक्किएर गम्भीर घाइते भएका चालकलाई उपचारका लागि महाकाली अञ्चल अस्पतालमा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनेवित्तिकै अटो चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। अटो सडकबाट १० मिटर टाढा पुगेको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]