|

हेटौँडा : हेटौँडामा भएको मेयर कप फुटबल प्रतियोगिता, २०७४ को उपाधि हेटौंडा १० नम्बर वडाको भुटनदेवी टिमले जितेको छ। हेटौंडा- ४ स्थित हुप्राचौरमा मंगलबार भएको फाइनल खेलमा ९ नम्बर वडाको कुस्माण्ड टिमलाई १–० गोल अन्तरले पन्छाउँदै १० नम्बर वडा च्याम्पियन भएको हो। १० नम्बर वडा अघिल्लो संस्करणको उपविजेतासमेत हो।

भुटनदेवी फुटबल टिमको तर्फबाट निर्णायक गोल सुशान्त लामाले गरे। उनले खेलको ६०औँ मिनेटमा राष्ट्रिय खेलाडी रञ्जन विष्टले उपलब्ध गराएको बललाई सहजै गोलमा परिणत गरेका थिए। लामा फाइनल खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद पाँच हजार रुपियाँ प्राप्त गरे। 

च्याम्पियन १० नम्बर वडाले उपाधिसहित नगद एक लाख ५० हजार रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता टोलीले नगद ७५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ९ नम्बरका अमीर श्रेष्ठले नगद १५ हजार रुपियाँ प्राप्त गरे।

१० नम्बरका मनोज विष्ट उत्कृष्ट डिफेन्डर, विवेक गुरुङ मिडफिल्डर, वीके लामा उत्कृष्ट फरवर्ड र रूपक मगर उत्कृष्ट प्रशिक्षक घोषित भए। ९ नम्बरका सिजन लामा उत्कृष्ट गोलरक्षक घोषित हुँदा ३ नम्बर वडाका विजय दोङ सर्वाधिक गोलकर्ता घोषित भए। 

उत्कृष्ट सबै खेलाडी तथा प्रशिक्षकले जनही नगद सात हजार ५०० रुपियाँ प्राप्त गरे। फागुन १९ गतेबाट हेटौँडामा सुरु भएको प्रतियोगिता नकआउट आधारमा सञ्चालन गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.