|

काठमाडौं : विमान दुर्घटनामा दिवंगतहरुको शव पोस्टमार्टम गर्ने डा.हरिहर वस्तीले मध्यरातिदेखि मंगलबार बिहान दुई बजेसम्म शव वरिपरि बिताए।

सोमबार राति १० बजे शव अस्पताल पुर्‍याएपछि त्यसको पोस्टमार्टम मध्यरातबाट सुरु भएको थियो। विमान दुर्घटनापछि झण्डै दर्जन चिकित्सकले घटनाको प्रकृति र परिस्थितिबारे जानकारी लिएका थिए।

शिक्षण अस्पताल पुर्याइएका शव बाह्य अवलोकन गरे। सनाखत गर्न मिल्ने खालका लक्षण केलाए। शोकाकुल परिवारझै विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचानको प्रयास गर्दै पोस्टमार्टममा संलग्न चिकित्सक पनि अनिदो बसे। डा.वस्तीले भने, -‘पाँच घण्टा पनि सुतिएको छैन। बिहान साढे आठ बजे आइहालियो।’

सबैको शवको पोस्टमार्टम सक्न झण्डै एक साता लाग्न सक्ने उनले अनुमान गरेका छन्। पोस्टमार्टमलगायत अन्य कार्य गर्न शिक्षण अस्पतालका रेसिडेन्टसमेत गरी १२ जना चिकित्सक खटिएका छन्। त्रिवी  शिक्षण  अस्पतालकाे फरेन्सिक विभागका विभागीय प्रमुख डा प्रमाेद श्रेष्ठकाे नेतृत्वमा चारवटा समूहमा विभाजन भएर चिकित्सकले विभिन्न पक्षकाे सूक्ष्म  विश्लेषण गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.