|

बारा : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो भएको बिमान दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा निजगढको शहीद चोकमा दीप प्रज्वलन गरिएको छ।

मृतकहरुको सम्झनामा रेडियो मध्यतराईको आह्वानमा साँझ ६ बजे निजगढ शहीद चोकमा आयोजना दीप प्रज्वलन गरिएको हो।

कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनाल, गौरीशंकर क्याम्पस प्रमुख रामप्रसाद गौतम, सहकारी सञ्जाल निजगढका अध्यक्ष भोला प्रसाद गौतम, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका ट्राफिक प्रहरी निरीक्षक रिपेन्द्र सिंहलगायत स्थानीयवासी तथा व्यवसायीको सहभागिता रहेको थियो। शहीद चोकमा विमानको आकृति बनाई ४९ वटा मैनबत्ती बालिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.