|

म्यान्चेस्टर युनाईटेडलाई हराउँदैे सेभिया युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ। 

मंगलबार राति आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड २–१ ले पराजित भयो। पहिलो लेगमा गोलरहित बराबरी खेलेको म्यान्चेस्टर युनाईटेड दोस्रो लेगमा पराजित भएसँगै प्रतियोगिताबाटै बाहिरिएको हो।

खेलमा सेभियालाई विजयी गराउन दुबै गोल बेन एडरले गरे। म्यान्चेस्टर युनाईटेडका रोमेलु लुकाकुले एक गोल फर्काए। मंगलबार नै भएको अर्को अर्को खेलमा युक्रेनको शख्तरलाई हराउँदै ईटालीको एएस रोमा पनि च्याम्पियन्स लिगको क्वाटरफाईनलमा पुगेको छ। आफ्नै मैदानमा भएको दोस्रो लेगको खेलमा रोमालाई विजयी गराउन एडिन जेकोले निर्णायक गोल गरे।

पहिलो लेगमा २–१ ले हारेको रोमा दोस्रो लेगमा विजयी भएसँगै एग्रिगेटमा खेल २–२ गोलको बराबरीमा पुग्यो। यस्तो अवस्थामा शख्तरको मैदानमा गरेको अवे गोलको मद्दतले रोमा क्वाटरफाईनलमा पुगेको हो।
च्याम्पियन्स लिग फुटबलमा बुधबार राति दुई खेल हुनेछन्। बार्सिलोना र इङ्ल्यान्डको चेल्सी भिड्दा टर्कीको बेसिक्तासले जर्मनीको बायर्न म्युनिखसँग खेल्नेछ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.