|

काठमाडौं : हाल प्रदर्शनरत फिल्म ‘मंगलम’ को नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘भन के गरुँ’ बोलको गीतमा दीपक शर्माको संगीत रहेको छ। आनन्द अधिकारीको शब्द समावेश गीतमा राज सिग्देल र जुनु रिजालको स्वर रहेको छ।

कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य कलाकार शिल्पा पोखरेल र पुष्प खड्का फिचरिङ छन्।

‘छविराज प्रोडक्सन’को व्यानरमा निर्माण भएको फिल्म ‘मंगलम’लाई नवल नेपालले निर्देशन गरेका हुन्। पारिवारिक प्रेम कथामा निर्माण भएको फिल्ममा शिल्पा र पुष्पका अलवा मिथिला शर्मा, नीर शाह, पृथ्वीराज प्रसाईंलगायतको मुख्य भूमिका छ। साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्मको अतिथि कलाकारको रूपमा रहेकी छिन्।

हेर्नुहोस् भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.