सात मुख्यमन्त्रीलाई चेम्बरबाट अभिनन्दन

|

काठमाडौं : निजी क्षेत्रको प्रतिनिधि मुलक संस्था नेपाल चेम्बर अफ कर्मशले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई अभिनन्दन गरेको छ। बुधबार बिहान काठमाडौंमा सातै प्रदेशका मुख्यमन्त्रीलाई भेला गरेर चेम्बरले अभिन्नदन गरेको हो।

मुख्यमन्त्रीहरु शेरधन राई, लालबाबु राउत, डोरमणि पौडेल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, महेन्द्रबहादुर शाही र त्रिलोचन भट्टलाई चेम्बरले अभिनन्दन गरेको हो। चेम्बरले गरेको सम्मान पत्रमा बधाई दिदै भनिएको छ 'सातै प्रदेशको समावेशी आर्थिक विकासबाट मात्रै देश समृद्ध हुनेछ।'

अभिनन्दनको क्रममा संस्थाको तर्फबाट चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले अधिकतम सुरक्षा हुने ठाउँमा मात्रै निजी क्षेत्रको आकर्षण हुने जानकारी मुख्यमन्त्रीहरुलाई गराए। उनले निजी क्षेत्रबाट केही लिनको लागि दिन पनि सक्नु पर्ने आशयमा अभिव्यक्ति दिए।

'निजी क्षेत्रलाई दुहुनो गाई मात्रै बनाउनु हुँदैन, स्याहारसुसार र खानपिन पनि गराउनु पर्छ' चेम्बर अध्यक्ष श्रेष्ठले भने। उनले केन्द्रमा जस्तो प्रदेश तहमा पनि जग्गाको समस्या मुख्य रहने भएको बताउँदै समस्या समधानमा लाग्न र एक प्रदेशमा उत्पादित सामाग्री अर्को प्रदेशमा सहज रुपमा पठाउने वातवरण मिलाउन प्रदेश मुख्यमन्त्रीहरुसँग आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.