|

बारा : चौथो निजगढ गोल्डकपको फाइनल प्रवेशका लागि बुधबार आयोजक निजगढ युवा क्लब र सशत्र प्रहरी बल भद्रकाली गण पिलुवा बाराको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ। 

खेल निजगढ–४ स्थित कछडिया खेल मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ। आयोजक निजगढ विभागीय टोली जुनियर पुलिस अफिसर्स क्लब चितवनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। एपीएफले भरतपुर फुटबल क्लबलाई टाइब्रेकरमा ६–५ गोल अन्तरले पाखा लगाउँदै  सेमिफाइनलमा अायोजकसँगको भेट पक्का गरेको थियो। 

प्रतियोगिता चैत ३ गतेसम्म सञ्चालन हुनेछ। १० वटा टिम सहभागी रहेको प्रतियोगिताको विजेता टिमले एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिको प्रेस संयोजक नवराज चौलागाईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.