|

धनकुटा : प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं चौथो धनकुटा महोत्सव धनकुटाको तल्लो टुँडिखेलमा जारी छ। महोत्सवमा हरेक दिन साँझमा राष्ट्रका चर्चित कलाकारहरूले सांगीतिक कार्यक्रममार्फत दर्शकलाई मनोरञ्जन दिइरहेका छन्।

मंगलबार साँझको कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलले दर्शकलाई हँसाए भने गायक तुलसी पराजुलीले नचाए, त्यस्तै गायक कृष्णभक्त राईले दर्शकलाई भावुक बनाए। टेलिभिजनको पर्दामा मात्रै देखिने कलाकार धनकुटामा आफू सामुन्ने मञ्चमा देखिएपछि धनकुटेली दर्शक हौसिएका थिए। त्यसो त महोत्सवको अवधिमा आइतबार र सोमबार अविरल वर्षाले सांस्कृतिक कार्यक्रम हेर्न नपाएका पनि गजुरेल, पराजुली र राई आउने भनेपछि महोत्सवस्थल दर्शकले खचाखच भएको थियो।

हँसाउने हाम्रो पेशा भएको भन्दै गजुरेलले दर्शकलाई नेताहरुकाे क्यारिकेचर गरे। हास्यव्यंग्य, कथाबाचन र  विभिन्न भाषामा बोलेर बाेले ।धनकुटा पुगेका मनाेजले प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय रञ्जित रेको क्यारिकेचर गरेर दर्शकलाई नचाउँदै हँसाएका थिए।

करिब एक घण्टाकाे प्रस्तुति गरेका गजुरेलले युवामा बढ्दाे विकृति र विसंगतिको विषयमा व्यंग्य गरे र मध्यपानको कुलत र त्यसले पारेको सामाजिक असरको विषयमा समेत बेजाे प्रस्तुति राखे। उनले सामाजिक सञ्जालले पारेको नकारात्मक असरको व्यंग्य गर्दै सकारात्मक तरिकाले प्रयोग गर्न सुझाव पनि दिए।

गजुरेल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गरेबापत अमेरिकी पत्रिका सिडिएस पेपरले गरेको हास्य विधामा सर्वेक्षणमा १८ औं स्थानमा परेका हास्य कलाकार पनिहुन्। यसैगरी गायक तुलसी पराजुलीले गृह जिल्लाका दर्शकलाई निकैबेर छमछमी नचाए।धनकुटाको डाँडाबजारमा जन्मिएका पराजुली ’सालै ज्यू, सालै ज्यू’ गीतबाट चर्चामा आएका हुन्। उनले गीत संगीतबाट मनोरञ्जनसँगै शिक्षा पनि लिनुपर्ने बताए।

पराजुलीले तमोर खोला बाढी आयो, खोटाङ जिल्ला दिक्तेल बजार,चौरीको छुर्पी, कान्छीको छाता ढल्काइदेउ यता लगायतका गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए भने घरिघरि दर्शकसँगै नाच्न मञ्च छाडेर दर्शक बीचमा पुगेर आफैं पनि नाचेका थिए। यस्तै गायक कृष्णभक्त राईले पनि’ नमुछे आमा दहिमा टीका नछरे जमरा’ सहित बिछोडिएको भाव झल्कने आफ्ना विभिन्न गीत तथा स्वर्गीय नारायण गोपालका गीत गाएर दर्शकलाई एकोहोरो बनाएका थिए।

उनको गीत प्रस्तुति क्रममा दर्शकले नाच्ने, हास्ने भन्दा एक ध्यानले सुन्ने र गीत सकिएपछि ताली बजाउने मात्रै काम गरेका थिए। महाेत्वस कार्यक्रम कलाकारहरू गजुरेल, पराजुली र राईलाई आयोजकले सम्मान पनि गरिएकाे थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.