पुराना गाडी जफत गर्ने सरकारी तयारी गलत : व्यवसायी

|

बारा : प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीले मुलुकको आर्थिक विकासमा यातायात व्यवसायीको ठूलो योगदान रहेको बताएका छन्।

तराई यातायात व्‍यवसायी संघ सिमराको १३ औँ साधारणसभालाई सिमरामा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यातायात क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक नीति निर्माण गर्ने प्रतिबद्धता जनाए। ‘ नीति निर्माण गर्नेक्रममा ब्यवसायिहरुको आवश्यक सल्लाह सुझाव लिन्छौँ,’ मुख्यमन्त्री राउतले भने।

प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले मुलुक नयाँ व्‍वस्थामा गएसँगै सिकाइको क्रम सुरु भएको बताए। आफ्नो मुलुक समृद्धशाली विकसित बनाउनका निमित्त आफ्नै क्षमता अभिवृद्धि गर्दै आफ्नै भोगाइबाट सिक्दै अघि बढ्नुपर्ने बताउँदै मन्त्री सोनलले त्यसका लागि निकै चुनौती रहेको भन्दै आफ्ठ्याराहरुलाई चिर्दै अघि बढ्नुपर्ने अवस्था रहेको बताए।

ट्रक व्‍यवसायी महासंघका अध्यक्ष अर्जुन थापाले २० वर्ष पुरानो गाडी जफत गर्ने सरकारी तयारीको विरोध जनाए। अध्यक्ष थापाले सरकारले व्यवसायीसँग गरेको सहमति लत्याएको आरोपसमेत लगाए।

संघका अध्यक्ष ओमकृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धर, जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेललगायतको विशेष आतिथ्यता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.