|

गुल्मी : बालिका बलात्कार गरेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका–४ का १६ वर्षीय हिमाल दमाईलार्ई प्रहरीले पक्राउ गरेको छ।

आरोपित युवकले मंगलबार दिउँसो सोही गाउँपालिका–३ की ६ वर्षीया एक बालिकालाई चाउचाउ र पैसाको लोभ देखाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए।

घरमा आएपछि बालिकाले आमासँग आफूलाई दुखेको र रगत पनि आएको बताएपछि बालिकाकी आमाले के भयो भनेर सोधपुछ गरेपछि मात्र बालिकाले घटनाबारे जानकारी गराएकी थिइन्।

घटना लगत्तै बुधबार बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि दर्जीलाई पक्राउ गरी सदरमुकाम ल्याइएको छ।

बालिकाको घर नजिकै घर बनाउने काममा खटिएका युवक काम सकेर घर फर्कने क्रममा स्थानीय मन्दिर नजिकै खेलिरहेकी बालिकालाई बोलाएर चाउचाउको लोभ देखाउँदै बलात्कार गरेको प्रहरीले जनाएको छ।

पीडित बालिकालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचापछि गएराति नै जिल्ला अस्पताल तम्घास ल्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.