|

धनकुटा : प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी तथा चौथो धनकुटा महोत्सव तीन करोड बढीको कारोबार गर्दै बुधबार सम्पन्न भएको छ। धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा गत २० देखि सञ्चालन भएको महोत्सवमा करिब एक लाख बढी दर्शकले अवलोकन गरेको उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल संयोजक उमेश घिमिरेले बताए। 

अपेक्षा गरेजस्तै भएको बताउँदै घिमिरेले महोत्सवले प्रदेश १ का उत्पादनको बजारीकरणका साथै सम्भावनाका क्षेत्रमा लगानीको वातावरण बनाएको बताए। 
महोत्सवस्थलभित्र राखिएका स्थानीय उत्पादन, आयातीत वस्तु राखिएका स्टलसमेतमा राम्रो व्यापार भएकाले व्यापारिक दृष्टिकोणलेसमेत महोत्सव सफल भएको आयोजकले दाबी गरेको छ। 

महोत्वसमा मुख्य आकर्षणमा नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश वस्तुको प्रदर्शनी, औद्योगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडिबुटीको प्रदर्शन, घरेलु उद्योगबाट उत्पादित वस्तु तथा कला, सांस्कृतिक तथा वस्तुको प्रदर्शनी रहेको थियो।

महोत्सवमा प्रदेश १ उत्पादित कृषि उपज, पर्यटन र जडीबुटीलाई मुख्य प्राथमिकता दिइएको थियो। १० दिनसम्म सञ्चालन भएको महोत्सवमा कृषि तथा स्थानीय उत्पादनका सामाग्री आकर्षणका केन्द्र बनेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.