|

पाल्पा : पाल्पाको वगनासकाली गाउँपालिका-५ दर्लमडाँडामा आगलागी हुँदा घर-गोठ जलेर नष्ट भएको छ।  जंगलबाट सुरु भएको आगलागीबाट एक घर, छ गोठ, एउटा भान्साघर पूर्ण रूपमा क्षति भएको छ। आगलागीबाट छ घर आंशिक रूपमा क्षति पुगेको स्थानीय बासिन्दाको भनाइ छ।

बुधबार दिउँसोदेखि लागेको आगोले तीन वटा भैँसी, तीन वटा बाख्रा, १० कुखुरा, एक बंगुर गरी करिब ३२ लाख २० हजार क्षति भएको वगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिए।

सेना, प्रहरी र सशस्त्र प्रहरीसहितको टोली आगो निभाउन खटिएको थियो। तानसेन नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको अध्यक्ष बस्यालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.