|
प्रतीकात्मक तस्विर

उदयपुर : सदरमुकाम गाईघाटमा हृदयाघातले एक विद्यार्थीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदपुरका एसपी नवराज भट्टका अनुसार त्रियुगा नगरपालिका–९ गैरुनका १७ वर्षीय रोशन दनुवारको मृत्यु भएको हो। 

ट्युसन पढ्न गएका उनी एक्कासी बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएको थियो। जिल्ला अस्पतालमा उनको मृत्यु भएको हो। डाक्टरले हृदयघातका कारण मृत्यु भएको जानकारी दिएको बुबा गणेश दनुवारले बताए।

यही चैत ८ गते सुरु हुने एसईई परीक्षाको तयारीमा रहेका रोशन  दिनहुँ बिहान गैरुनबाट गाईघाटमा ट्युसन पढ्न जाने गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.