|

काठमाडौं : विश्वकप छनोट चरणको प्लेअपमा नेपालले पपुवा न्यूगिनीको तेस्रो विकेट झरेको छ।

नेपाललाई तेस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन्। उनले चाद सोपेरलाई १० रनमा आउट गरेका छन्।

नेपाललाई दोस्रो विकेट दिलाउने क्रममा करन केसीले टोनी उरालाई ११ रनमा आउट गरेका थिए। 

नेपालका सोमपाल कामीले पपुवा न्यूगिनीका असाद भालालाई ८ रनमा पहिलो विकेटका रुपमा पवेलियन फर्काए।

टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। 

नेपाल र पपुवा न्यूगिनी विश्वकप छनोटको सातौं स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन्। आजको खेल जितेमा नेपालले एकदिवसीय मान्यता पाउने सम्भावना कायम रहनेछ।

छनोट चरणका कुनैपनि खेलमा पपुवा न्यूगिनीले जीत हासिल गरेको थिएन भने नेपालले हङकङलाई पराजित गरेको थियो। 

पढ्नुस् :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.