|

काठमाडौं : विश्वकप छनोट चरणको प्लेअपमा पपुवा न्यूगिनीविरुद्ध खेलिरहेको नेपाललाई नौ विकेटको सफलता मिलेको छ। 

नवौँ र आठौँ विकेट लिने क्रममा दीपेन्द्रसिंह ऐरीले जासोन किलालाई १५ र नोरमन भनुवालाई शून्य रनमा पवेलियन फर्काएका छन्। 

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चर्ल्स अमिनिलाई १९ रनमा सातौँ विकेटका रुपमा आउट गरेका थिए।

यसअघि सन्दीप लामिछानेले व्यक्तिगत चौथो विकेट लिएका थिए। 

पपुवा न्यूगिनीको छैटौँ विकेट झरेको छ। छैटौँ विकेटका रुपमा किपलिङ डोरिगा १० रनमा आउट भएका छन्।

पाँचौ विकेट सन्दीप लामिछानेले नै लिएका हुन्। व्यक्तिगत तेस्रो विकेट लिने क्रममा सन्दीपले महुरु दाइलाई पाँच रनमा पवेलियन फर्काए।

नेपाललाई तेस्रो विकेट पनि दिलाएका सन्दीप लामिछानेले पपुवा न्यूगिनीका सेसे बउलाई ११ रनमा आउट गरेका छन्। उनको यो व्यक्तिगत दोस्रो विकेट हो।

सन्दीप लामिछानेले तेस्रो विकेट लिने क्रममा चाद सोपेरलाई १० रनमा आउट गरेका थिए।

नेपाललाई दोस्रो विकेट दिलाउने क्रममा करन केसीले टोनी उरालाई ११ रनमा आउट गरेका थिए। 

नेपालका सोमपाल कामीले पपुवा न्यूगिनीका असाद भालालाई ८ रनमा पहिलो विकेटका रुपमा पवेलियन फर्काए।

टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। 

नेपाल र पपुवा न्यूगिनी विश्वकप छनोटको सातौं स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन्। आजको खेल जितेमा नेपालले एकदिवसीय मान्यता पाउने सम्भावना कायम रहनेछ।

छनोट चरणका कुनैपनि खेलमा पपुवा न्यूगिनीले जीत हासिल गरेको थिएन भने नेपालले हङकङलाई पराजित गरेको थियो। 

पढ्नुस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.