|
File Photo

काठमाडौं : विश्वकप छनोट चरणको प्लेअफमा पपुवा न्यूगिनीले दिएको ११५ रनको लक्ष्य पछ्याइरहेको नेपालको चौथो विकेट पतन भएको छ। आरिफ शेख २६ रन बनाएर नरमन भनुवाको बलमा आउट भएका छन्। 

नेपाल जीत नजिक रहेको छ।

तेस्रो विकेटका रुपमा नेपालका कप्तान पारस खड्का आउट भएका थिए। उनी २० रन बनाएर आउट भएका हुन्। 

नेपालका अनिल साह ९ रनमा आउट भए। उनलाई नरमन भनुवाले आउट गरेका हुन्। पहिलो विकेटका रुपमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ललाई एलि नाओले एक रनमा आउट गरेका हुन्।

नेपालले १३ रन बनाउँदा २ विकेट गुमाएको छ।

जिम्बावेको हरारेमा भइरहेको खेलमा नेपालले पपुवा न्यूगिनीलाई ११४ रनमा अल आउट गरेको थियो।

पपुवा न्यूगिनी ११४ रनमा २७ ओभर २ बलमा अल आउट भएको थियो। 

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ र सन्दीप लामिछानेले ४ विकेट लिएका थिए। 

दशौँ, नवौँ र आठौँ विकेट लिने क्रममा दीपेन्द्रसिंह ऐरीले क्रमशः जोन रेभा ६ रन,नोरमन भनुवालाई शून्य र जासोन किलालाई १५ रनमा पवेलियन फर्काएका थिए। 

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चर्ल्स अमिनिलाई १९ रनमा सातौँ विकेटका रुपमा आउट गरेका थिए।

यसअघि सन्दीप लामिछानेले व्यक्तिगत चौथो विकेट लिएका थिए। 

पपुवा न्यूगिनीको छैटौँ विकेट झरेको छ। छैटौँ विकेटका रुपमा किपलिङ डोरिगा १० रनमा आउट भएका छन्।

पाँचौ विकेट सन्दीप लामिछानेले नै लिएका हुन्। व्यक्तिगत तेस्रो विकेट लिने क्रममा सन्दीपले महुरु दाइलाई पाँच रनमा पवेलियन फर्काए।

नेपाललाई तेस्रो विकेट पनि दिलाएका सन्दीप लामिछानेले पपुवा न्यूगिनीका सेसे बउलाई ११ रनमा आउट गरेका छन्। उनको यो व्यक्तिगत दोस्रो विकेट हो।

सन्दीप लामिछानेले तेस्रो विकेट लिने क्रममा चाद सोपेरलाई १० रनमा आउट गरेका थिए।

नेपाललाई दोस्रो विकेट दिलाउने क्रममा करन केसीले टोनी उरालाई ११ रनमा आउट गरेका थिए। 

नेपालका सोमपाल कामीले पपुवा न्यूगिनीका असाद भालालाई ८ रनमा पहिलो विकेटका रुपमा पवेलियन फर्काए।

टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। 

नेपाल र पपुवा न्यूगिनी विश्वकप छनोटको सातौं स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन्। आजको खेल जितेमा नेपालले एकदिवसीय मान्यता पाउने सम्भावना कायम रहनेछ।

छनोट चरणका कुनैपनि खेलमा पपुवा न्यूगिनीले जीत हासिल गरेको थिएन भने नेपालले हङकङलाई पराजित गरेको थियो। 

पढ्नुस् :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.