|

  • दीपक शर्मा-

सल्यान : अवैधानिक रूपमा नागरिकता बनाएकोे भन्दै सल्यानमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अभिभावकको नाम खुलाउन असहज मानी अभिभावकको नाममा अर्कैको नाम राखेर नागरिकता बनाउन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ। 

अवैधानिक रूपमा नागरिकता बनाएको भन्दै दुवै जनाको नागरिकता रद्द हुने प्रक्रियामा रहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए। 

शारदा नगरपािलका– १३ निवासी भन्दै ३० वर्षकी पार्वती बस्नेतले नागरिकता बनाउँदा आमाको नाममा सोही गाउँकी नातेदार महिलाको नागरिकता मागेर पेस गरेको थाहा भएपछि  नागरिकता रद्द गर्न लागेको उनले बताए।

आमाबुबा नभएको बताउँदै पार्वतीले आफ्नो पतिको नामबाट नागरिकता बनाउन खोज्दा आमाको नागरिकता पेस गर्नुपर्ने भएकाले शारदा नगरपािलका– १३ कै दानी बुढाथोकीको नागरिकता मागेर पेस गरेको घिमिरेको भनाइ छ।

शारदा नगरपािलका– १३ का वडा अध्यक्ष तुल्सीराम रावतले गरेको सिफारिसका आधारमा पार्वतीले २०७४ पुस १९ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएकी थिइन्। पछि घटनाबारे थाहा पाएपछि वडा अध्यक्ष स्वयंले यस विषयमा प्रहरीलाई खबर गरेका थिए। 

यस्तै, शारदा नगरपालिका– १ का विशाल बुढाथोकीको पनि नागरिकता रद्द हुने प्रक्रियामा रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए। बुढाथोकीले पनि आमाको नामको नागरिकताको साटो गाउँकै नातेदार महिला सीता बुढाथोकीको नागरिकता पेस गरेको खुल्न आएपछि नागरिकता रद्द गरिएको उनले बताए। विशालले २०७३ पुस १३ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.