|
Photo : Raman Shiwakoti

काठमाडौं : विश्वकप छनोटको प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गर्दा नेपालका लागि महत्वपूर्ण पारी खेलेका दीपेन्द्रसिंह ऐरी प्लेयर अफ द म्याच बनेका छन्।

नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेको छ।

नेपालको जीतमा दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरे। बिहीबारको पपुवा न्यूगिनी र  नेपाल बीचको खेलमा सबैभन्दा बढी विकेट लिने र रन बनाउने दीपेन्द्र नै बने।

दीपेन्द्रले ४ विकेट लिए भने नटआउट ५० रन बनाएर नेपाललाई सहज जीत दिलाए। दीपेन्द्रले ४ विकेट लिनेक्रममा ४ ओभर २ बल बलिङ गरेर १५ रनमात्र दिएका थिए। त्यस्तै, ५० रन बनाउने क्रममा उनले ५८ बलमा ३ छक्का र १ चौका प्रहार गरे। उनलाई आरिफ शेखले साथ दिएका थिए।

त्यस्तै नेपालका अर्का बलर सन्दीप लामिछानेले पनि ४ विकेट लिएका थिए। जसको कारण नेपाल पपुवा न्यूगिनीसँग ६ विकेटको सहज जीत निकाल्न सफल भयो।

पढ्नुस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.