|

रौतहट : नेपाल–भारत सीमा क्षेत्रको दशगजामा राखिएको सीमा स्तम्भ जीर्ण अवस्थामा पुगेको पाइएको छ। बुधबार शसस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट सरमजुवा र भारतीय सुरक्षा निकायले सरमजुवा सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको संयुक्त पट्रोलिङ गस्ती  तथा अनुगमन गरेको थियो।

बौधिमाई नगरपालिका–७ अन्तर्गत भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको निरिक्षणको लागि सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट सरमुजवाबाट सशस्त्र प्रहरी निरिक्षक सुन्दर श्रेष्ठको नेतृत्वमा १३ जनाको र सीमा सुरक्षा बल जमुनिया भारतका निरिक्षक निलमणी कुमारको नेतृत्वमा ११ जनाको संयुक्त टोलीले सीमा क्षेत्रमा रहेका स्तम्भ निरिक्षण तथा दशगजा क्षेत्रको पट्रोलिङ्ग गस्ती गरेको थियो।

सरमजुवा क्षेत्रको १७ वटा सीमा स्तम्भमध्ये ११ वटा मर्मत गर्नुपर्ने र २ वटा सीमा स्तम्भ पुनः निमार्ण गर्नुपर्ने देखिएको शसस्त्र प्रहरी निरिक्षक सुन्दर श्रेष्ठले जानकारी दिए। समय\समयमा भइरहने संयुक्त पट्रोलिङ कार्यबाट सीमा क्षेत्रमा हुने सीमा अपराध, चोरी निकासी÷पैठारी, अवैध घुस नियन्त्रण हुनका साथै दुवै देशका सीमा सुरक्षा बलबाट गरिने संयुक्त पट्रोलिङले अपराधिक कृयाकलापहरू हदैसम्म नियन्त्रणमा आएको बोर्डर आउट पोष्ट सरमजुवाका शसस्त्र प्रहरी निरिक्षक श्रेष्ठले बताए। 

दुवै देशका सीमा सुरक्षा बलको आपसी समन्वय र सहकार्य बढाउँदै सीमामा हुने अपराधिक कृयाकलाप तथा सीमा अतिक्रमणलाई निरुत्साहित गर्नुका साथै सूचना आदानप्रदान गर्न सघाउ पु¥याउने उदेश्यले सीमा क्षेत्रमा पट्रोलिङ गस्ती गरेको शसस्त्र प्रहरी निरिक्षक श्रेष्ठले बताए। सशस्त्र प्रहरी बलले वोर्डरमा रहेका स्तम्भको अभिलेख संरक्षण तथा रेखदेख गर्नुका साथै दशगजा अतिक्रमण हुनबाट संरक्षण हुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.