|

काठमाडौं : चेतन सापकोटाको एकल संगीत, अर्जुनरत्न भिखारीको एकल शब्द र नारायण धितालको एकल स्वर रहेको नयाँ एल्बम 'जय माया प्रेम' सार्वजनिक भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमबीच वरिष्ठ कलाकार नीर शाह र गायक नारायण तथा संगीतकार चेतनका गुरु चन्दन श्रेष्ठको उपस्थितिमा एल्बम सार्वजनिक गरिएको हो।

सार्वजनिक एल्बममा चार गीत समावेश छन्। ‘दाउरा उपहार', ‘जरुवाको पानी साह्रै मीठो’, ‘बिहे गरी लाने हो’ र ‘चिसोचिसो मन्दमन्द बतास’ बोलको गीत यस एल्बममा समावेश छन्। यी चारै गीतको भिडियो पनि सार्वजनिक भइसकेको छ। गीतको भिडियोमा निकेश खड्का, तेन्जु योन्जन र युवराज वाइवाको निर्देशन रहेको छ।

गीतहरूको भिडियोमा प्रियंका कार्की, बेनिशा हमाल, सुष्मा अधिकारी, सोनु घर्तीसँगै अर्जुन, नारायण र चेतनले समेत अभिनय गरेका छन्। तीन गीतको छायांकन हिमाली भेगको मनोरम दृश्यमा गरिएको छ, यसलाई सुदीप बरालले खिचेका छन्। एक गीतको छायांकन उत्तम हुमागाईंले गरेका हुन्।

गीतलाई क्रमश: बजारमा ल्याइने टिमले बताएको छ। पहिलो कोसेली स्वरूप 'दाउरा उपहार' बोलको गीत युट्युबमार्फत् सार्वजनिक गरेको छ। यस गीतको भिडियोमा गीतकार अर्जुनरत्न र प्रियंका कार्कीको अभिनय रहेको छ। भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्।

हेर्नुहोस् 'दाउरा उपहार' गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.