|
Photo : icc-cricket.com

काठमाडौं : नेपाली क्रिकेटले बिहीबार ऐतिहासिक सफलता हात पारेको छ। नेपाललाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एकदिवसीय मान्यता दिएको छ।

आइसिसीले आफ्नो वेवसाइट र सामाजिक सञ्जाल ट्विटरमा नेपाललाई एकदिवसीय मान्यता प्राप्त भएको जानकारी सार्वजनिक गरेको छ।

आइसिसीले नेपाललाई एकदिवसीय मान्यता पाएकामा बधाई समेत दिएको छ। 

बिहीबार नेपालले पपुवा न्युगिनीलाई विश्वकप छनोटको प्लेअफमा पराजित गर्नु र नेदरल्याण्ड र हङकङबीचको खेलको नतिजा नेपाल अनुकुल आउनु नेपालको ऐतिहासिक क्षण बन्यो। 

नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको थियो भने नेदरल्याण्डले हङकङलाई ४४ रनले पराजित गरेको थियो। 

एकदिवसीय मान्यता पाएको नेपाली टिमलाई अब अन्तराष्ट्रिय खेलमा वृद्धि हुनेछ। जसबाट नेपाली टिमले राम्रा र ठूला टिमसँग खेल्न पाउनेछन्। त्यस्तै, अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले पनि नेपाललाई क्रिकेटको विकासका लागि थप आर्थिक सहयोग प्रदान गर्नेछ।

नेपालको घरेलु क्रिकेट संरचना बलियो नभएको र क्रिकेटको विकासमा ध्यान दिनुपर्ने नेपाल क्रिकेट संघ लामो समयदेखि विवाद र निलम्बनमा रहनुका बाबजुद नेपालको यो सफलता महत्वपूर्ण मानिएको छ।

अब नेपाली क्रिकेटको विकासका लागि राज्य नै थप सक्रिय भएर लाग्नुपर्ने क्रिकेटका जानकार बताउछन्।

पढ्नुस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.