|

काठमाडौं : स्थानीय तहलाई पठाउनुपर्ने अनुदानमध्ये बिहीबार १४ अर्ब रुपैयाँ निकासा भएको छ। बिहीबार साँझसम्म कोष तथा लेखा नियन्त्रक कार्यलहरूबाट १४ अर्ब रुपैयाँ निकासा भएको हो।

यस अघि १५० अर्ब रुपैयाँ निकासा भइसकेकोमा बिहीबार १४ अर्ब रुपैयाँ र बाँकी ६१ अर्ब रुपैयाँ आगामी आइतबारभित्रमा निकासा भइसक्ने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। बजेटमा व्यवस्था गरिएअनुसार साउन १, मंसिर १ र चैत १ मा ७५/७५ अर्ब गरी सरकारले आर्थिक वर्ष २०७४/०७५ मा २२५ अर्ब रुपैयाँ उपलब्ध गराउने जनाएको थियो।

सोहीअनुसार बिहीबार नै ७५ अर्ब रुपैयाँ पठाउनुपर्ने भए तापनि बिहीबार साँझसम्म कोष तथा लेखा नियन्त्रक कार्यलयहरूले १४ अर्ब रुपैयाँ निकासा गरेका हुन्। महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा नियन्त्रक यदुनाथ भट्टराईले बिहीबार नै पैसा पठाउनुपर्ने भए तापनि प्राविधिक समस्याका कारण सबै पैसा एकै पटक पठाउन नसकिएको बताए।

'चालू आर्थिक वर्षमा स्थानीय तहमा जाने अनुदानमध्ये बिहीबार ७५ अर्ब रुपैयाँ पठाउनुपर्ने हो तर बिहीबार एकै दिन पठाउन सकिएन', भट्टराईले भने, 'पैसा नभएको वा अन्य कारणले नगएको होइन, प्राविधक समस्याको कारण एकै पटक जान नसकेको हो।'

भट्टराईले अबको दुई दिनको अवधिमा थप ६१ अर्ब रुपैयाँ पनि निकास हुने जानकारी गराए। यससँगै सरकारले स्थानीय तहलाई चालू आर्थिक वर्षमा उपलब्ध गराउने भनेको २२५ अर्ब रुपैयाँ निकासा भइसक्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.