|

काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा राखिएको विमान दुर्घटनामा मृतकको शव शनिबारबाट परिवारलाई हस्तान्तरण गरिने भएकाे छ।

शिक्षण अस्पतालका फाेरेन्सिक विभाग प्रमुख डा. प्रमाेद श्रेष्ठले शुक्रबारसम्म सम्पूर्ण शवहरूकाे पाेष्टमार्टम सकिएमा शनिबारबाट पाेष्टमार्टम र मृतकका अाफन्तले दिएकाे इन्टिमाेर्टम डाटा (पहिचान तथ्यांक) ट्याली गर्दा शव सनाखत भए सनाखत भएका शवहरूलाई परिवारलाई दिँदै जाने बताए। उनले भने, 'हालसम्म हामीले ३५ वटा शव पाेष्टमार्टम गरेर सक्यौँ, यदि भाेलिसम्म सम्पूर्ण पाेष्टमार्टम सकियाे भने पर्सिबाट इन्टिमाेर्टम डाटा र पाेष्टमार्टम डाटा ट्यालीबाट शव सनाखत भए पर्सिबाट सनाखत भएका शवहरू परिवारलाई दिने हाम्रो योजना छ।' 

हालसम्म २० जना नेपाली २६ जना बंगलादेशी र एक जना चिनियाँकाे इन्टिमाेर्टम डाटा संकलन भइसकेकाे समेत डा. श्रेष्ठले बताए। अस्पतालका ११ जना फाेरेन्सिक चिकित्सकले शवकाे परीक्षण गरिरहेकाे र बिहीबारबाट बंगलादेशबाट अाएका ३ जना चिकित्सकले समेत सहयोग गरिरहेकाे डा. श्रेष्ठले बताए। इन्टिमाेर्टम डाटाबाट र पाेष्टमार्टम डाटा ट्याली गर्दासमेत शव सनाखत हुन नसके फिंगर टेस्ट र डिएनए परीक्षणसमेत गरिने डा. श्रेष्ठले बताए।

हाल शिक्षण अस्पतालमा विमान दुर्घटनामा परेका ४९ जनाकाे शव रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.