|

इंग्लिस क्लब आर्सनल इटालियन जाइन्ट एसी मिलानलाई पराजित गर्दै युरोपा लिगको क्‍वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको दोस्रो लेगमा पनि आर्सनल  ३-१ ले  विजयी भएपछि समग्रमा ५-१ को जित निकाल्न सफल हुँदै अन्तिम आठमा स्थान बनायो। पहिलो लेगमा २-० ले विजयी भएको आर्सनलले गएराति डेनी वेलबेकको दुई गोलको मद्दतले ३-१ को प्रभावशाली जित निकाल्न सफल भयो। त्यसो त आर्सनलले एसी मिलानको एक गोलको अग्रता उल्ट्याउन सफल भएको थियो।

खेलको ३५औ मिनेटमा एसी मिलानले अग्रता बनाएको थियो। तर ३९औं मिनेटमा आर्सनलले पाएको पेनाल्टीलाई वेलबेकले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्‍याए। त्यसपछि ७१औ मिनेटमा ग्रानिट झाकाले आर्सनललाई २-१ को अवस्थामा पुर्‍याए। ८६औं मिनेटमा पुन वेलबेकले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे।

युरोपका कुनै पनि लिगमा नकआउट चरणमा आर्सनलले दुबै होम एण्ड अवे लिगमानै जित निकालेको २००३ पछि यो पहिलो हो। त्यसबेला सेल्टाभिगोलाई च्याम्पियन्स लिगको दुबै खेलमा हराउन सफल भएको थियो। साथै आर्सनलले घरेलु मैदानमा नकआउट खेलमा २०१२ पछि पहिलो  जित निकाल्न सफल भयो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.