|

काठमाडौं :  प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रक्षामन्त्री एवम् एमाले महासचिव ईश्वर पोखरेलबीचको सम्बन्ध चिसिएको छ। प्रधानमन्त्री ओलीले अर्थमन्त्रीको दाबेदारका रुपमा रहेका पोखरेललाई रक्षामन्त्री बनाएपछि विवाद उत्कर्षमा पुगेको हो।

अर्थमन्त्री बन्ने आकाक्षांसहित पार्टी अध्यक्ष ओलीसँग लबिङ गरेका महासचिव पोखरेल अन्तिम समयसम्म अर्थमन्त्री हुनेमा ढुक्क थिए। दोस्रोपटक मन्त्रिपरिषद विस्तार हुने दिन बालुवाटारमा ओली र पोखरेलबीच मन्त्रालयको बिषयमा छलफल भएको थियो।  

पोखरेल अर्थमन्त्री बाहेक अन्य मत्रालयमा नजाने अडानसहित बाहिरने क्रममा ओलीले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने प्रतिबद्धतासहित शपथको तयारी गर्न आग्रह गरेको एमालेका एक नेताले जानकारी दिए। 

ती नेताले भने ‘शपथका लागि तयारीको साथ महासचिव पोखेरल शीतलनिवास पुग्नु भयो, कुन मन्त्रालयको टुंगो लागेको थिएन, शीतल निवासभित्र प्रवेश गरेपछि रक्षा मन्त्त्रालयबाट स्वागतका लागि तयारी अवस्थामा रहेको कर्मचारीको फोनआयो, त्यसपति महासचिव पोखरेलले ओलीसँग निकै रुष्ट बन्नुभएको थियो’।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.