|

भद्रपुर (झापा) : भारतको दिल्लीबाट कुवेत जान लागेकी दुई नेपाली महिलाको भारतीय एसएसबीले उद्धार गरेको छ। ती दुई महिलालाई ४१ बटालियन एसएसबी कम्पनीको टोलीले भारतको पानीट्यांकीबाट उद्धार गरेको हो।

झापाको पूर्वी काकँडभिट्टा नाकाबाट भारत गएका ती महिला पानीट्यांकी पुगी बस चढेर सिलगुढीतर्फ जान लागेका थिए। एसएसबीका असिस्टेण्ड कमाण्डर रानीसहितको नेतृत्वको टोलीले ती महिलालाई बसबाट उद्धार गरेको जनाइएको छ।

ती महिलाले सिलगुढीको एनजीपीबाट रेल चढेर दिल्ली पुगी कुवेत जान लागेको बताएका थिए। उद्धार गरिएका दुई महिलालाई इलाका प्रहरी कार्यालय काकँडभिट्टालाई जिम्मा लगाएको एसएसबीले जनाएको छ। 

यसैगरी भद्रपुर नाकाबाट तीन महिलालाई भारत लैजाने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भद्रपुरबाट गलगलिया नाकाबाट भारततर्फ लैजान लागेका भद्रपुर नगरपालिका–१० का ४५ वर्षीय लीला भट्टराई र बुद्धशान्ति गाउँपालिका–३ का ४५ वर्षीय मिङ्मा शेर्पा पक्राउ परेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसंन्धान अघि बढाएको र उद्धार गरिएका महिला परिवारलाई जिम्मा लगाइसकेको उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.