|

 

काभ्रेपलाञ्चोक : धुलिखेलबाट मंगलटारतर्फ जाँदै गरेको मिनी कन्टनेर पल्टिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२, बुच्चकोटस्थित बिपी राजमार्गमा बा३ख १६४४ नम्बरको मिनी कन्टेनर अनियन्त्रित भई सडकबाट करिब तीनसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए।

मरासिनीका अनुसार मृत्यु हुनेमा दोलखा जिल्ला मैनापोखरी घर भएका वर्ष ५१ का गाडी चालक सोमप्रसाद घिमिरे रहेको जनाएको छ। उनको शव पोष्टमार्टमका लागि बनेपास्थित शिर मेमेरियल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.