|

चितवन : शीर्ष राजनीतिक नेताहरुबाट तारिफ पाएको ऐतिहासिक कथावस्तुमा आधारित चलचित्र ‘पञ्चायत’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ।

अमेरिकामा भएको फिल्म फेस्टिबलमा २१७ वटा चलचित्र प्रदर्शन हुँदा उत्कृष्ट अवार्ड र उत्कृष्ट नायिकाको अवार्डसमेत पाउन सफल चलचित्र शुक्रबारदेखि देशका ६५ भन्दाबढी हलहरुमा प्रदर्शन भइरहेको छ।

गएको फागुन २५ गते भिआइपी (प्रिमियर)सो हुँदा पूर्वप्रधानमन्त्री प्रचण्ड र झलनाथ खनाललगायत एमाले, कांग्रेस तथा माओवादीका नेताहरुले चलचित्रलाई खुलेर प्रशंसा गरेका थिए।

विभिन्न स्थानमा भएको च्यारिटी सोमा समेत कथावस्तुलाई दर्शकहरुले मनपराएको उक्त चलचित्रलाई अब आमदर्शकले कत्तिको मन पराउँछन् प्रतीक्षाको घडी बाँकी छ।

चलचित्रलाई ‘झोला’पछिको सामाजिक विषय समेटिएको उत्कृष्ट चलचित्रको रुपमा दर्शकहरुले मुल्यंकन गरेका छन्। शिवम् अधिकारी लेखक तथा निर्देशन रहेको ऐतिहासिक र समाजिक विषय बोकेर चलचित्र पञ्चायतमा मुख्य भूमिका सरोज खनाल र नीता ढुंगानाको छ।

गणेश गिरीको प्रस्तुतिमा निर्माण भएको चलचित्रको कार्यकारी निर्मातामा चलचित्र पत्रकार रवि अधिकारी छन्। सुशान्त श्रेष्ठ र शंकर सुवेदी निर्माता रहेको चलचित्रमा रुपा राना, जाहान्वी बस्तेन, गणेश गिरी, राजुबाबु श्रेष्ठ, विशाल पहारी, गीता अधिकारी र किरण थापाको समेत अभिनय छ। 

चलचित्रले मुख्यगरी २०३१ सालको एउटा गाउँमा भएको न्याय प्रणाली, समाजिक व्यवस्था, छाउपडी प्रथालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ। चलचित्रले छुवाछुतविरुद्ध पनि ससक्त उठान गरेको छ। त्यो बेलाको व्यवस्था भए पनि अहिलेको अवस्थाको चित्रणसमेत रहेकाले चलचित्रलाई दर्शकले मनपराउने आशा रहेको चलचित्रका प्रस्तुतकर्ता गणेश गिरीले बताए।

यसैबीच, शुक्रबारबाटै स्वर्गीय दीपक रायमाझीको निर्देशन रहेको र शरद अधिकारीको निर्माणमा बनेको चलचित्र ‘डेस्टिनेसन काठमाडौं’ र एन आर घिमिरेको निर्देशन रहेको चलचित्र ‘गल्ली’ पनि प्रदर्शनमा आएको छ।

यी दुई चलचित्र भने विगत लामो समय अघि निर्माण भएर पनि प्रदर्शनमा आउन सकेका थिएनन्। यस्तै शुक्रबारदेखि नै नायक अजय देवगन हिन्दी चलचित्र ‘रेड’ पनि प्रदर्शनमा आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.