|

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले शुक्रबार एनसिसी बैंकको बोर्ड बैठकमा छापा मारेको छ। बोर्ड बैठक बसिरहेको बेला सिआइबीको टोलीले एपेक्स डेभलपमेन्ट बैंकसँग मर्ज हुँदा अर्बौ रकम घोटला गरेको अभियोगमा राजधानीका विभिन्न स्थानबाट छापा मारी दुई दर्जनबढी कर्मचारी पक्राउ गरेको हो।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले सिआइबीले एनसिसी बैंकका कर्मचारी पक्राउ गरिएको बताए।  पक्राउ परेकाको विवरण भने केही समयपछि सार्वजनिक गरिने श्रेष्ठले बताए। पक्राउ पर्नेमा बढीजसो एपेक्स बैंकसँग आबद्ध कर्मचारी रहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.