|

दार्चुला : एकवर्षयता स्थानीय भत्ता नपाएपछि जिल्ला अस्पताल दार्चुलाका कर्मचारीले जिल्ला अस्पताल दार्चुलामा तालाबन्दी गरेका छन्।

कर्मचारीले स्थानीय भत्ता नियमित पाउँदै आएको र एक वर्षयता उक्त भत्ता बन्द भएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको जिल्ला अस्पतालका एनेस्थेसियन (चिकित्सक) जनक पाण्डेले बताए।

अस्पतालका कर्मचारीहरूले इमरजेन्सी सेवाबाहेकका अरु सबै सेवा प्रभावित हुनेगरी अस्पतालमा ताला लगाएको पाण्डेले बताए।

गत आर्थिक वर्षको असारसम्मको स्थानीय भत्ता जनस्वास्थ्य मन्त्रालयले उपलब्ध गराउनु पर्ने तथा त्यसपछिको भत्ता स्थानीय सरकारमार्फत पाउनु पर्ने भएपनि ११ महिनासम्म स्थानीय भत्ता नपाएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनको भनाइ थियो।

स्थानीय भत्ताको लागि पहल गरिदिन अस्पताल प्रशासन र महाकाली नगरपालिकालाई पटक पटक मौखिक आग्रह र लिखित निवदेन दिएको तर सम्बोधन नभएको कर्मचारीहरूको भनाइ छ।

अस्पतालमा देखिएको समस्याका बारेमा छलफल गर्न शुक्रबार दिउँसो बैठक बोलाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.