|

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकार विस्तार हुँदैछ। शुक्रबार दिउँसो ४ बजे हुने भनिएको मन्त्रीहरूको शपथग्रहण कार्यक्रम प्रतिनिधि सभा उपसभामुखको निर्वाचनको कारण केही ढिलो हुन गएको छ।

एमाले र माओवादीले मन्त्रीहरूको नाम मन्त्रालयसहित टुंगो लगाइसकेका छन्। एमालेबाट सात र माओवादीबाट पाँचजना मन्त्रीको शपथ ग्रहण गर्दैछन्। एक उच्च स्रोतका अनुसार अहिले सम्मको यो अन्तिम नामावली हो । स्रोतले भन्यो, "यसमा अब परिवर्तनको सम्भावना एक प्रतिशत पनि छैन।"

एमालेबाट मन्त्री हुने नेताहरूको नाम र मन्त्रालय:

प्रदिप ज्ञवाली- परराष्ट्र

गोकर्ण विष्ट- श्रम तथा रोजगार

रविन्द्र अधिकारी- पर्यटन

रघुवीर महासेठ- भौतिक पुर्वाधार

शेरबहादुर तामाङ- कानुन

जगत विश्वकर्मा- युवा तथा खेलकुद

गोकुल बास्कोटा- सञ्चार राज्यमन्त्री। सञ्चारमन्त्री भने कसैलाई नबनाइने भएको छ। जसका कारण बास्कोटा मन्त्रिपरिषद् बैठकमा सहभागी हुनेछन्।

लालबाबु पण्डित- संघीय मामिला तथा सामान्य प्रशासन (यसअघि वातावरण मन्त्रालयको जिम्मेवारी)

माओवादीबाट मन्त्री हुने नेताहरूको नाम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई बुझाइसकेको प्रचण्डको नीजि सचिवालयले जानकारी दिएको छ।

माओवादीबाट मन्त्री हुनेहरूको नाम र मन्त्रालय:

वर्षमान पुन- ऊर्जा तथा जलस्रोत

गिरिराजमणि- पोखरेल शिक्षा

शक्ति बस्नेत- वन

चक्रपाणि खनाल- कृषि तथा शहकारी

विना मगर- खानेपानी

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.