|
फाइल फोटो

काठमाडौं : राष्ट्रपति कार्यालयमा पत्रकारहरूलाई प्रवेश निशेध गरिएको छ। 

शुक्रबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम रहेको छ। जसमा पत्रकारहरूलाई प्रवेश दिइएको छैन। 

'पत्रकारहरूलाई ठाउँ छैन' भन्दै राष्ट्रपति कार्यालयका अधिकारीहरूले प्रवेश नदिएका हुन्। मन्त्रीहरूको शपथ ग्रहणको रिपोर्टिङ गर्न गएका सञ्चारकर्मी राष्ट्रपति कार्यालय शीतलनिवासको गेट बाहिरै बसिरहेका छन्।

एमाले र माओवादीबाट १२ जना मन्त्रीले शपथ लिने कार्यक्रम रहेको छ। पत्रकारहरूलाई प्रवेश नदिइनेबारे यसअघि कुनै सूचना दिइएको थिएन। र, कहाँबाट मन्त्रीहरूको शपथको रिपोर्टिङ गर्ने भन्नेबारे कुनै जानकारी दिइएको छैन।

यसअघि पनि राष्ट्रपति कार्यालयले कहिले पत्रकारहरूको पोशाकलाई लिएर त कहिले सरकारी र निजी सञ्चार माध्यमका नाममा पत्रकारहरूलाई प्रवेशमा रोक लगाउने गरिएको थियो। 

पढ्नुहोस् :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.