|

रौतहट : रौतहटको वृन्दावन नगरपालिकाको केन्द्र स्थान्तरणको विषयलाई लिएर वीरेन्द्र राजमार्ग अवरुद्ध गरिएको छ। शुक्रबार उक्त नगरपालिका केन्द्र धमौरामा राख्नुपर्ने माग गर्दै वीरेन्द्र राजमार्गको हर्साहमा स्थानीयले सडक जाम गरेका हुन्।

नगरसभाले हाल विश्रामपुरमा रहेको नगरपालिकाको केन्द्रलाई साविक पाँचवटै गाविसको केन्द्र पर्ने चमनपुरमा स्थान्तरण गर्न प्रस्ताव गरेपछि स्थानीय तहका जनप्रतिनिधिहरूको एक समूहले वीरेन्द्र राजमार्गमै नगरपालिकाको केन्द्र स्थापना गर्नुपर्ने माग राख्दै चक्का जाम गरेका हुन्। नगर उपप्रमुखसहित २३ जना जनप्रतिनिधिहरूले राजमार्गकेन्द्रित नगरपालिकाको केन्द्र स्थापना गर्न माग गरेका छन् भने नगर प्रमुख रामस्नेही यादवसहित १२ जनाले हनुमान मन्दिरमा र अन्य १२ जनाले यथास्थानमा नै केन्द्र राख्नुपर्ने माग राखेका छन्।

केन्द्र स्थान्तरणको विषयलाई लिएर वीरेन्द्र राजमार्ग अवरुद्ध गर्नु गलत भएकाले सहमतिबाटै समस्याको समाधान हुने नगर प्रमुख रामस्नेही यादव बताउँछन्।आन्दोलन गरेर समस्याको समाधान नहुने हुँदा सबै जना एक ठाउँमा बसेर निकास निकाल्नुपर्ने नगर प्रमुख यादवको भनाइ छ। 

आन्दोलनले सडक यातायात संचालन नहुँदा यात्रु प्रभावित भएका छन्। विद्यार्थी बोक्ने सवारी साधनदेखि अन्य सवारी साधनहरू रोकिएर बसेका छन्। उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुशील पराजुलीले जानकारी दिए। केन्द्र स्थापनाको विषयलाई लिएर गत फागुन २१ गते कार्यपालिकाको बैठकमै झडप भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.