|

काठमाडौं : एनआइसी एसिया बैँकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपान नियुक्त भएका छन्। लक्ष्मण रिसालले पदबाट राजीनामा दिएपछि सञ्चालक समितिको बैठकले न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा न्यौपानेलाई नियुक्त गरेको हो। 

न्यौपानेले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए। प्रमुख आन्तरिक लेखापरीक्षकको रूपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका उनी एनआइसी एशिया बैंकलाई देशकै अग्रणी बैंकहरूमध्येको एक बैँकको रूपमा स्थापित गराउने अभियानका मुख्य अभियन्तासमेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.