|

युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको क्वार्टर फाइनल ड्र शुक्रबार सार्वजानिक गरिएको छ। जसमा साविकका फाइनलिस्ट रियल म्याड्रिड र युभेन्टसले अन्तिम आठमानै एकअर्का विरुद्ध भिड्ने तय भएको छ।

गत सिजन युभेन्टसलाई फाइनलमा पराजित गरेको रियल यो पटक सेमिफाइनल प्रवेशका लागिनै कडा चुनौतीको सामना गर्नुपर्ने भएको हो। युरोपेली फुटबल महासंघ युइएफएले सार्वजनिक गरेको खेलतालिका अनुसार दुई इंग्लिस क्लब म्यान्चेष्टर सिटी र लिभरपुल क्वार्टरफाइनलमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दा।

स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले तुलनात्मक रुपमा रहज प्रतिद्वन्द्वीका रुपमा रहेको इटालियन क्लब रोमाको सामना गर्नेछ। त्यस्तै जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब सेभियासँग सेमिफाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.