|

काठमाडौं : नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी हुने अन्तिम कसरतमा रहेको संघीय समाजवादी फोरम नेपाल शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा सामेल हुन सकेन। पार्टीभित्र मन्त्री बन्ने नेताहरूको नाममा सहमति जुट्न नसक्दा फोरम एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा शुक्रबार सहभागी हुन नसकेको हो।

स्रोतका अनुसार पार्टीबाट सरकारमा पठाउन लागिएका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाममा पार्टीका अधिकांश नेताले चर्को विमति जनाएपछि अलमलमा परेका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार सरकारमा जाने पार्टी नेताका नाम सिफारिस गर्न सकेनन्। सरकारमा पार्टीको नेतृत्व अध्यक्ष यादवले गर्नुपर्नेमा भने नेताहरू सहमत छन्। फोरमका नेताहरूले भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग संविधान संशोधनमा लिखित सहमति नभएकाले पार्टी सरकारमा नगएको दाबी गरेका छन्। 

मन्त्रालय बाँडफाँटमा पनि प्रधानमन्त्री र यादवबीच सहमति जुट्न सकेन। यादवले भौतिक पूर्वाधार,शिक्षा र स्वास्थ्य मन्त्रालय मागेका छन्। तर, प्रधानमन्त्रीले फोरमलाई सहरी विकास र सिँचाइ मन्त्रालय दिन चाहेका छन्। फोरमका महासचिव रामसहाय यादवले प्रधानमन्त्री र आफ्नो पार्टीबीच शुक्रबार  संविधान संशोधनमा लिखित सहमति नभएकाले सरकारमा नगएको बताए।

उनले भने, ‘हामीले सुरूदेखि नै संविधान संशोधन गर्नेप्रतिबद्धतामा लिखित सहमति गरेरमात्रै सरकारमा जाने भन्दै आएका छौं। शुक्रबार लिखित सहमति हुन नसकेकाले सरकारमा गएनौं।’ कोको सरकारमा जाने भन्नेबारेपार्टीभित्र छलफल नभएको उनले बताए। स्रोतका अनुसार, श्रेष्ठलाई मन्त्री बनाउने अध्यक्ष यादवको प्रस्तावप्रतिफोरमका अधिकांश नेताले विरोध जनाएका छन्। फोरमका सांसद प्रदीप यादवले भने,  ‘फोरमलाई मधेसबाट मात्र भोट आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.